प्रमुख समाचार

यमनमा २४ घण्टामा साउदीको ५४ हवाइ हमला

काठमाडौं । हुथी विद्रोहीहरूले सोमबार साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रहरूमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। यो दाबी यस्तो समयमा बाहिर आएको हो, जब हुथीहरू रातो सागरको तटीय क्षेत्रहरूमा द्रुत गतिमा अगाडि बढिरहेका छन्। हुथी सैन्य प्रवक्ता याह्या साडीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “साउदी वायुसेनाले एफ-१५ र टाइफुन […]

पूरा पढ्नुहोस्

मौसम बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान […]

पूरा पढ्नुहोस्

ऊर्जा संरचनामा आक्रमण रोक्न रुस–युक्रेन सहमत भएको ट्रम्पको दाबी

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकअर्काका ऊर्जा संरचना तथा सुविधाहरूमा आक्रमण नगर्न सहमत भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’  मा एक पोस्ट लेख्दै राष्ट्रपति ट्रम्पले युक्रेन र रुस दुवै पक्ष एकापसमा ऊर्जा लक्ष्यहरूमा प्रहार नगर्न तयार भएको बताएका हुन्। उनले विश्वबजारमा डिजेलको मूल्यमा भएको वृद्धि मध्यपूर्वी देश इरानका कारण नभई […]

पूरा पढ्नुहोस्

जोखिम व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, वित्तीय संस्थामा तीन तहको सुरक्षा ढाँचा

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने नीति अघि सारेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूका लागि एकीकृत ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गर्दै जोखिम व्यवस्थापन लागि अपनाउनुपर्ने निर्देशन जारी गरेको हो । वित्तीय क्षेत्रमा बढ्दो डिजिटल प्रविधि, जलवायु […]

पूरा पढ्नुहोस्

बेइजिङमा ड्रोन राख्नसमेत प्रतिबन्ध, नोभेम्बर १५ देखि लागू हुने

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ नियमले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउन र अनधिकृत रूपमा उडाउनसमेत रोक लगाउनेछ । करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोक्किँदा चालकको […]

पूरा पढ्नुहोस्

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशमा छलफल हुने

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ‘ग्रिन आर्मी’विरुद्धको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। उक्त संगठनको संरचना, पोसाक, दर्जा तथा चिह्न प्रयोगको विषयमा दायर रिटमा सोमबार सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ […]

पूरा पढ्नुहोस्

रुसी आक्रमणबाट जोगिए बेलायतका पूर्वप्रधानमन्त्री जोन्सन

काठमाडौंः बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको छ। याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनुअघि नै सबै यात्रुलाई […]

पूरा पढ्नुहोस्

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौँ– देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यतिबेला देशका अधिकांश भू-भागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको […]

पूरा पढ्नुहोस्

देशभर सडकको अवस्था कस्तो छ ? कृष्णभीरमा के हुँदैछ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सोमबार बिहान ६ बजे सार्वजनिक सडक अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको […]

पूरा पढ्नुहोस्

फिलिपिन्सको जहाजमा आगलागी, मृतकको संख्या ७६ पुग्यो

काठमाडौंः  फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ। घटनामा परेका १३ जना अझै बेपत्ता छन्। पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो। दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो। […]

पूरा पढ्नुहोस्