प्रमुख समाचार
नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवालाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि […]
पूरा पढ्नुहोस्
गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ
काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागूऔषध खैरो हेरोइन र नगर ५७ हजार रुपैयाँसहित निजहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली […]
पूरा पढ्नुहोस्
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?
काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ २६ गतेको निर्णयअनुसार विभिन्न ४ वर्गका सवारीका लागि फरक–फरक शुल्क तोकेको हो । सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको […]
पूरा पढ्नुहोस्
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २३ वर्षीय आयुष केसी, दोलखा भिमेश्वर नगरपालिका-४ बस्ने ५६ वर्षीया सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ४२ वर्षीय हरी शमशेर रायमाझी रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंबाट […]
पूरा पढ्नुहोस्
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो। यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ […]
पूरा पढ्नुहोस्
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
काठमाडौं। तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ। नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै […]
पूरा पढ्नुहोस्
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ । सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, ‘फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय आर्थिक गणना २०८२ सुरु हुँदै : ५ हजार कर्मचारी परिचालन, बैशाख २ देखि देशभर गणक खटिने
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि करिब ५ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएका छन्। नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैशाख २ गतेदेखि देशभर गणक खटिने जानकारी दिए। उनले भने, ‘राष्ट्रिय आर्थिक गणना गर्न ५ हजार जना कर्मचारीहरु परिचालन भएका […]
पूरा पढ्नुहोस्
ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको आधिकारिक विज्ञप्ति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच भएको युद्धविराम सहमतिको पुष्टि गर्दै ट्रम्पले उक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् । विदेशमन्त्री अराघचीले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय युद्ध अन्त्यका लागि पाकिस्तान र त्यहाँको नेतृत्वले गरेको अथक प्रयासको उच्च […]
पूरा पढ्नुहोस्
मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित
जलेश्वर । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने […]
पूरा पढ्नुहोस्


