२८ भाद्र २०८३, आईतवार ०७:४४
काठमाडौंः फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ।
घटनामा परेका १३ जना अझै बेपत्ता छन्।
पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो।
दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धार र अनुसन्धान कार्य जारी छ।








प्रतिकृया दिनुहोस्