प्रमुख समाचार
ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। गत ३ गते बेलुकी करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा ठोक्किएर दुर्घटना […]
पूरा पढ्नुहोस्
ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको […]
पूरा पढ्नुहोस्
नेपालसहित विभिन्न देशका लागि अमेरिकी टिपिएस सुविधा खारेज
काठमाडाैं। अमेरिकाले नेपालसहित विश्वका विभिन्न देशका नागरिकहरूलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पूर्ण रूपमा खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी न्याय विभागको आधिकारिक अभिलेख अनुसार नेपालका लागि टिपिएस खारेज गर्ने निर्णयमाथि तल्लो अदालतले लगाएको रोकलाई ९औं सर्किट कोर्ट अफ अपिल्सले स्थगित गरिदिएपछि खारेजीको बाटो खुलेको हो। अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले देशको […]
पूरा पढ्नुहोस्
सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने
काठमाडौं । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न ल्याएको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ […]
पूरा पढ्नुहोस्
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा […]
पूरा पढ्नुहोस्
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र […]
पूरा पढ्नुहोस्
ट्रम्प रुष्ट: अमेरिकी हतियार भण्डार रित्तिएको सूचना चुहिएको भन्दै अनुसन्धान गर्न आदेश
वासिङ्टन डीसी। इरानसँगको तनाव उत्कर्षमा पुगेका बेला अमेरिकाको सैन्य हतियार भण्डार (गोलाबारुद) घट्दै गएको विवरण सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर रूपमा रुष्ट बनेका छन्। महत्त्वपूर्ण मोडमा यस्ता संवेदनशील विवरण बाहिरिँदा अमेरिका कमजोर देखिने भन्दै ट्रम्पले असन्तुष्टि जनाएका हुन्। क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यममा आएका समाचारप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए। हतियार […]
पूरा पढ्नुहोस्
खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना
काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा उक्त स्टोरले तोकिएकोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो। त्यसैगरी, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन […]
पूरा पढ्नुहोस्
टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या
सिनालोआ । मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा टिकटकमा प्रत्यक्ष प्रसारण (लाइभ) गरिरहेका सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या गरिएको छ। टिकटकमा करिब ६ लाख फलोअर रहेका र मुख्य गरी हास्य तथा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने गास्तेलुम मंगलबार एउटा रेष्टुरेन्टबाहिर साथीहरूसँग लाइभ प्रसारणमा बसिरहेका बेला उक्त घटना भएको हो। हेलमेट लगाएर मोटरसाइकलमा आएका दुई […]
पूरा पढ्नुहोस्
सिन्धुलीमा कारको गियर बक्समा लुकाएर ल्याएको खैरो हेरोइनसहित तीन जना पक्राउ
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–९ बाट ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा दुधौली–९ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिरहाको मिर्चैयाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शङ्कास्पद अवस्थामा रोकेर जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको […]
पूरा पढ्नुहोस्






