समाचार

चीनमा बाढीले १२ जनाको मृत्यु , दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

बेइजिङ–चीनका विभिन्न भागमा यस हप्ता परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार तथा निकासी अभियान सञ्चालन भइरहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।चीनको मध्य भागस्थित हुनान प्रान्तअन्तर्गत शिमेन काउन्टी […]

पूरा पढ्नुहोस्

लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको […]

पूरा पढ्नुहोस्

मध्यपूर्वको नयाँ समीकरण: साउदीको सुरक्षाका लागि पाकिस्तानी सेना मैदानमा

इस्लामावाद। इरानको सम्भावित आक्रमणबाट साउदी अरेबियाको रक्षा गर्न पाकिस्तानले ठूलो संख्यामा सैनिक, लडाकु विमान र अत्याधुनिक हवाइ रक्षा प्रणाली पठाएको छ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेकै बेला पाकिस्तानले साउदीसँगको आपसी रक्षा सम्झौता अनुरूप सैन्य सहयोगलाई तीव्र पारेको हो। साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई मद्दत गर्न पाकिस्तानले युद्ध-सक्षम सैन्य […]

पूरा पढ्नुहोस्

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र इरानविरुद्ध सैन्य कारबाही फेरि सुरु गर्न सक्ने आशंका गरिएको छ। दोहा इन्स्टिच्युट अफ ग्रेजुएट स्टडीजका प्रोफेसर मोहम्मद एलमसरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इजरायल र आफ्नै प्रशासनका कठोर रवैया भएका नेताहरूको दबाब बढिरहेको बताएका छन् । अल जजिरासँगको कुराकानीमा एलमसरीले भने ‘ट्रम्प धेरै विभिन्न व्यक्तिहरूको प्रभावमा […]

पूरा पढ्नुहोस्

घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो। नायब सुब्बा खाम्चाले घुस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको […]

पूरा पढ्नुहोस्

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४ बुँदे नयाँ प्रस्ताव अमेरिकालाई पठाएको छ। इरानी मिडिया रिपोर्टहरूका अनुसार इरानले पाकिस्तानमार्फत् आफ्नो नयाँ १४ सूत्रीय प्रस्ताव अमेरिकालाई पठाएको हो। यो प्रस्ताव शान्ति प्रक्रिया र युद्ध अन्त्यसँग सम्बन्धित रहेको बताइएको छ। तस्नीम न्यूज एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै बताएअनुसार तेहरानको मुख्य फोकस युद्ध अन्त्य गर्नु […]

पूरा पढ्नुहोस्

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन र २०२६ लाई द्विपक्षीय सम्बन्धको लागि ऐतिहासिक र ऐतिहासिक वर्ष बनाउन राष्ट्रपति ट्रम्पसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रपति सीले एक शताब्दीमा नदेखिएका गहन परिवर्तनहरू तीव्र गतिमा बढिरहेको र अन्तर्राष्ट्रिय परिदृश्य बढ्दो रूपमा अशान्ति र रूपान्तरणले चित्रित भइरहेको पनि उल्लेख गरे। चीन […]

पूरा पढ्नुहोस्

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ। शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । मौसम […]

पूरा पढ्नुहोस्

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ । पश्चिम एसियामा भएको युद्धका कारण रोकिएको उडान अब सातामा दुई दिन सञ्चालन हुने एयरवेजले जनाएको छ । एयरवेजका अनुसार मंगलबार र बिहीबार नियमित उडान हुनेछ । सार्वजनिक गरिएको भाडादर अनुसार काठमाडौं–कुवेत रुटको न्यूनतम एकतर्फी भाडा ९११ अमेरिकी डलर तोकिएको छ । कुवेत नेपाली कामदारको […]

पूरा पढ्नुहोस्

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य

काठमाडौं। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज (मे १७ मा) विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ। यस दिवसको मुख्य जोड ‘डिजिटल विभाजन’ लाई कम गर्नु रहेको छ। डिजिटल विभाजन भन्नाले आधुनिक सूचना प्रविधि (जस्तै इन्टरनेट, कम्प्युटर, […]

पूरा पढ्नुहोस्