काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-३ लंकापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो ६ सय ५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ पडेरिया बस्ने ३३ वर्षीय तिवारी भन्ने अमिरूल्लाह मुसलमान र सोही नगरपालिका-१० महिलावार बस्ने ३२ वर्षीय मोहित सिंह तिवारी रहेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले लु.७९ प ६०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिकृया दिनुहोस्