समाचार
वीरगन्जका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ
वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई जिल्लाको सीमावर्ती क्षेत्र ठोरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय र मातहतको विशेष सुरक्षा टोलीले उनलाई ठोरी आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको प्रारम्भिक विवरण प्राप्त भएको छ। लामो समयदेखि विभिन्न विवाद र अनुसन्धानको घेरामा रहँदै आएका मेयर सिंहलाई कुन निश्चित कसुर वा मुद्दाको […]
पूरा पढ्नुहोस्
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका-६ राजाचोक नजिकै सञ्चालित ‘शिव ईम्पोरियम’ पसलमा छापा मारी सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक […]
पूरा पढ्नुहोस्
ठमेलबाट १५ बंगलादेशी पक्राउ, फेक फेसबुक अकाउन्टमार्फत ठगी गरेको आरोप
काठमाडौं– काठमाडौंको ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भिजिट भिसामा नेपाल आएका उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरू ठमेलस्थित होटल एसीईको चौथो, पाँचौं र छैटौं तलामा बस्दै आएका थिए । […]
पूरा पढ्नुहोस्
आज विश्व बुवाआमा दिवस
काठमाडौँ–आज विश्वभर विश्व बुवाआमा दिवस मनाइदै छ सन्तानको पालनपोषण, शिक्षा, संस्कार र उज्ज्वल भविष्य निर्माणमा आमाबुवाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिनमा जन्म दिने आमाबुबाप्रति विशेष सम्मान भाव ब्यक्त गर्दछन् । बुवाआमा परिवारका आधारस्तम्भ मात्र नभई सन्तानका पहिलो शिक्षक, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । उनीहरूको माया, त्याग, समर्पण […]
पूरा पढ्नुहोस्
कर्मचारीको तलब बढ्यो
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् । यस वृद्धि सँगै अब कर्मचारीहरूको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ कायम हुने र अधिकतम पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने जानकारी उनले दिएका छन् । सरकारले घोषणा गरेको यो […]
पूरा पढ्नुहोस्
आज १९औँ गणतन्त्र दिवस
काठमाडौँ – आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ। तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र […]
पूरा पढ्नुहोस्
वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण
वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ । इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिच्छाउन लागेका डुङ्गालाई लक्षित गरी उक्त आक्रमण गरिएको बिबिसीले जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षा का लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन […]
पूरा पढ्नुहोस्
नेपाली चिया निर्यातको अवरोध हट्यो, जुनमा नेपाल-चीन संयन्त्रको बैठक बस्ने
काठमाडौं। नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिए। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली […]
पूरा पढ्नुहोस्
कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ-जोमसोम सडकको सम्झौता तोडियो
म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो। योजना प्रमुख तेजस्वी शर्माले […]
पूरा पढ्नुहोस्
गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
जेरुसलेम- इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई समुद्री नाकामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोले बताएका छन् । स्वयंसेवकहरू टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको सुगियोनोले जनाएका छन् […]
पूरा पढ्नुहोस्







