प्रमुख समाचार

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक एउटा अत्याधुनिक लडाकु जहाज एफ-१५ लाई निशाना साँधेको जनाएको छ। अमेरिका र इजरायल दुवै देशले प्रयोग गर्दै आएको यो एफ १५ लडाकुलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत निशाना बनाएको दाबी इरानले गरेको छ। इरानको सेनाका अनुसार उक्त जेट दक्षिणी तटनजिक इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि ट्र्याक […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय चेतबहादुर रम्तेल रहेको प्रहरीले जनाएको छ । उनलाई खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम पदार्थ,  ७७ हजार रुपैयाँ, दुई मोबाइल र डिजिटल तराजुसहित बूढानीलकण्ठ–१० कपन साप्रेढुङ्गा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । रम्तेल यसअघि लागुऔषध कसूरमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका […]

पूरा पढ्नुहोस्

चमत्कारः हराएको अन्तरिक्ष यानसँग युरोपेली अन्तरिक्ष निकाय पुनः जोडियो

पेरिस। युरोपेली अन्तरिक्ष निकायले एक महिना अघि उपग्रहसँग सम्पर्क गुमाएपछि आफ्नो प्रोबा-३ मिशनको हिस्सा रहेको अन्तरिक्ष यानसँग पुनः सञ्चार स्थापित गरेको बिहीबार घोषणा गरेको छ। सन् २०२४ मा दुई वर्षे मिसनमा प्रक्षेपण गरिएको प्रोबा-३ ले पृथ्वीबाट ६० हजार किलोमिटर भन्दा माथि सूर्यग्रहण अनुकरण गर्न सटीक गठनमा उड्ने दुई अन्तरिक्ष यानहरू प्रयोग गर्दछ। वैज्ञानिकहरुले कोरोना भनिने […]

पूरा पढ्नुहोस्

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि जेरुसेलमको आकाशमा ठूला विस्फोटका आवाज सुनिएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त सैन्य कारबाहीमा इजरायलले ‘एक्लै कदम चालेको’ बताएका छन् । प्रधानमन्त्री नेतान्याहुले यो युद्धलाई इजरायलका लागि मात्र नभई सम्पूर्ण विश्वकै अस्तित्वका लागि खतराका विरुद्धको लडाइँका रूपमा स्थापित गर्न खोजेका छन् । पत्रकार […]

पूरा पढ्नुहोस्

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ । इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु […]

पूरा पढ्नुहोस्

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरबिल सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । इरबिलको उपनगरबाट […]

पूरा पढ्नुहोस्

खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय

कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृती दिने निर्णय गरेको छ । यो निर्णयसँगै यसअघि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पहिलेदेखि कार्यरत नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिने निर्णयले केही राहत भएको छ । मध्यपूर्वमा […]

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरा पढ्नुहोस्

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो । सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित […]

पूरा पढ्नुहोस्

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू अहिले युद्धको रापले तात्न थालेका छन् । दशकौँदेखि सुरक्षित मानिएको संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कुवेत जस्ता देशहरू अहिले इरानी मिसाइल र ड्रोनको निशानामा पर्न थालेका छन् । यो युद्धको सबैभन्दा ठूलो मूल्य त्यहाँका नागरिकसहित आफ्नो घरदेश छोडेर पसिना बगाउन गएका गरिब आप्रवासी […]

पूरा पढ्नुहोस्