प्रमुख समाचार

इरानसँग आजैदेखि वार्ता सुरु गर्ने ट्रम्पको दाबी, ‘अत्यधिक ठूलो’ आक्रमण स्थगित

सिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा रोक्दै सोमबारदेखि तेहरानसँग नयाँ वार्ता सुरु हुने बताएका छन्। एयर फोर्स वान (राष्ट्रपति चढ्ने विमान) मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूलाई (इरानलाई) आक्रमणको भयावहताबारे थाहा थियो किनकि उनीहरूले त्यसको तयारी देखिसकेका थिए। हामी उनीहरूसँग वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, […]

पूरा पढ्नुहोस्

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो । गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त भएको सम्झिँदा स्थानीय अधिकारकर्मी सुहैला अमिनको आँखा रसाउँछन्। “आफ्नो पुर्खाको भूमि ध्वस्त भएको दृश्य देख्दा मन थाम्न सकिँदैन,” अमिनले भावुक हुँदै भनिन्, “हाम्रो जीवनको कुनै मूल्य नै छैन र हामीलाई बेवास्ता गरिएको छ भन्ने अनुभूति यहाँका मानिसलाई भइरहेको छ।” प्यालेस्टाइन र लेबनानमा तीन वर्षदेखि जारी […]

पूरा पढ्नुहोस्

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौँ–नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो […]

पूरा पढ्नुहोस्

कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान

काठमाडौं। उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै मन्त्रालयले घटनाप्रति तीव्र आपत्ति जनाएको छ। खाडी क्षेत्रमा बढेको […]

पूरा पढ्नुहोस्

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो। प्रारम्भिक जानकारीअनुसार टोलीमा रहेका १० जना आरोहीसँग सम्पर्कविहीन भएको आशंका गरिएको छ। टोलीमा पाकिस्तान, ओमान, चीन, […]

पूरा पढ्नुहोस्

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल […]

पूरा पढ्नुहोस्

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गरेको छ । यद्यपि, अमेरिकाले यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ । राष्ट्रसंघीय निकाय डब्लूएचओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ । अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ […]

पूरा पढ्नुहोस्

११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क : नेपालको डिजिटल यात्रामा ऐतिहासिक फड्को

काठमाडौँ –नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास, साथ र निरन्तर सहयोगकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ। […]

पूरा पढ्नुहोस्