१७ श्रावण २०८३, आईतवार १९:००
काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।
गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।






प्रतिकृया दिनुहोस्