१४ मंसिर २०८३, आईतवार ०७:२९
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड डिपोर्टिभो अलाभेससँग स्तब्ध बनेको छ । आइतबार बिहान सम्पन्न खेलमा अलाभेसले रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको हो ।
अलाभेसका लागि टानी मार्टिनेज र एन्जेल पेरेजले एक–एक गोल गरेका थिए । रियलका केलियन एम्बाप्पेले एक गोल फर्काएका थिए ।
खेलको २२औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अलाभेसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१औँ मिनेटमा पेरेजले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
खेलको ६९औँ मिनेटमा रियलका एम्बाप्पेले गोल गर्दै खेललाई २–१ गोलको अवस्थामा ल्याए । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा अलाभेस २–१ गोलले विजयी भयो ।
यो जितसँगै १४ खेलबाट अलाभेस १९ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको रियल मड्रिड ३३ अंकसहित तेस्रो स्थानमा छ ।









प्रतिकृया दिनुहोस्