काठमाडौं। बुढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन्।
प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए। भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरेलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
भर्नासम्बन्धि विवादमा प्राचार्य पण्डितले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको भनिएको थियो। सोही विवादलाई लिएर कुटपिट गरिएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।
सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ। कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले प्रहार गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा उनीहरूमाथी कारबाही प्रक्रिया अघि बढाएको हो। शैक्षिक संस्थामा हुने यस्ता गतिविधि कुनै पनि हालतमा सह्य नहुने मन्त्रालयले जनाएको छ।










प्रतिकृया दिनुहोस्