२१ असार २०८३, आईतवार ०६:५६
काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने भएका छन् । गएराति भएका दुई खेलमा मोरक्कोले क्यानडा र फ्रान्सले पाराग्वेलाई अन्तिम १६ बाट पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सहआयोजक क्यानडालाई ३–० ले हराएको अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको हो ।
फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै मोरक्कोसँगको भेट पक्का गरेको हो ।मोरोक्को र फ्रान्सको क्वाटरफाइनल भिडन्त बोस्टन स्डेडियममा ९ जुलाई अर्थात् बिहीबार हुँदैछ ।







प्रतिकृया दिनुहोस्