६ असार २०८३, शनिबार ०६:२४
काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।
शनिबार बिहान सम्पन्न समूह डी को खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका अन्तिम ३२ मा प्रवेश गरेको हो ।
योसँगै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै कीर्तिमान बनाएको छ ।
अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरेका थिए । एक गोल भने अष्ट्रेलियाबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले आत्मघाती गोल गरेका थिए ।
त्यसपछि ४३औँ मिनेटमा अमेरिकाका फ्रिम्यानले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए ।यसअघि भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हराएको थियो । अमेरिकाले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ । पराजित भएको अष्ट्रेलियाको समान खेलबाट ३ अंक छ ।







प्रतिकृया दिनुहोस्