काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ ।
लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा नायक बनेका अय्यरले ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेले । उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । तर, लखनउका ब्याटरले बनाएको उक्त बलियो योगफल पनि पञ्जाबको आक्रामक ब्याटिङसामु पर्याप्त हुन सकेन ।
पञ्जाबले १२ बल बाँकी छँदै लक्ष्य भेटाएपछि लखनउ आफ्नै घरेलु मैदानमा पराजित हुन पुगेको हो । यो जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
प्लेअफ यात्राका लागि पञ्जाबले अब राजस्थान र मुम्बई इन्डियन्सको खेलको नतिजा कुर्नु पर्नेछ । राजस्थान विजयी भए पञ्जाबको आईपीएल यात्रा सकिने छ भने पराजित भएमा चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने अवसर पाउने छ ।







प्रतिकृया दिनुहोस्