काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन।
टोलीका अन्य ब्याट्सम्यानहरू नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, सैतेजा मुक्कमल्लाले २२ र मिलिन्द कुमारले १२ रन जोडे । अमेरिकाको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
नेपालको यो विशाल स्कोर खडा गर्न ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ र गुलशन झाले १५ रन जोडे ।







प्रतिकृया दिनुहोस्