२५ बैशाख २०८३, शुक्रबार ०६:३४
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ ।
पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन ।
टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो । २१० रनको लक्ष्य पछ्याएको बैंगलुरुले ६ विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो । लखनउको जितमा मिचेल मार्शले ५६ बलमा १११ रन बनाए । त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले १० बलमा ३२ रनको उत्कृष्ट ब्याटिङ गरे ।
बैंगलुरु १० खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनउ समान खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ ।
आईपीएलमा आज बेलुकी पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन् ।





प्रतिकृया दिनुहोस्