काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन कार्की र मीन गुरुङसहितविरुद्ध एकजना युवतले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन् ।
‘साइबर बुलिङ’को शिकार बनाइएको दाबीसहित अमिशा पराजुलीले दुवैविरुद्ध जाहेरी दिएकी हुन्। उनले आफूविरुद्ध भ्रम फैलाइएको र चरित्रहत्या गरिएको आरोप जाहेरीमा लगाएकी छन् ।
पराजुली नेकपा एमालेका अध्यक्ष ए् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सहभागीमध्ये एक हुन् । उनले त्यसबेला ओलीको पक्षमा बोलेपछि साबइर आक्रमण थालिएको थियो ।
आमालाई भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेकी उनले भाइरल म्यानद्वय कार्की र गुरुङसहित सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरविरुद्ध जाहेरी दिएकी हुन् । उनले ओलीबारे बोलेपछि आफूलाई बुवाले गाली गरेको भन्दै झूटो प्रचार गरिएको बताएकी छन् ।
उजुरीपछि सञ्चारमाध्यमसँग कुरा गर्दै पराजुलीले बारम्बार गलत सूचना फैलाइएपछि बाध्य भएर कानुनी बाटो रोज्नुपरेको बताइन्। यस प्रकरणमा रौतहटका एकजना पक्राउ परिसकेका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले उक्त घटनासँग सम्बन्धित २२ वटा फेसबुक पेज पहिचान गरिएको बताए ।




प्रतिकृया दिनुहोस्