काठमाडौँ : विदेशी खेलाडी चम्किँदा बुधबार सुरु भएको सहिद स्मारक एन्फा महिला लिगमा संकटा फुटबल क्लबले सानदार सुरुआत गरेको छ।
च्यासल मैदानमा बुधबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) माथि ४–० गोल गर्दै संकटाले आफ्नो लक्ष्य देखाएको हो।
खेलको सुरुआतदेखि नै लयमा देखिएको संकटाले छिटो गोल निकाल्दै एनआरटीलाई सम्हालिनै नदिने रणनीति अपनायो। कप्तान यशोदा शाहीको प्रारम्भिक गोलले खेलको टोन सेट गर्यो।
सुक्रीया मिया‚ लुसिया लेइला जोसे मोकम्बिक्वे र क्विनाबेल अकोसुअ अमनक्रहले पनि गोल थपे।
कप्तान यशोदाले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अघि बढाइन्। त्यसपछि सुक्रीयाले २३औं मिनेटमा संकटाको पकड अझ मजबुत बनाइन्।
आक्रमणलाई निरन्तरता दिँदै लुसियाले तीन मिनेटभित्रै अर्को गोल थपिन्। योसँगै एनआरटीलाई थप दबाबमा पार्यो।
यो जितसँगै संकटाले तीन अंक बटुल्दै लिग तालिकामा सकारात्मक सुरुआत गरेको छ।





प्रतिकृया दिनुहोस्