राजनीति
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त
काठमाडौं। प्रतिनिधिसभाका सचिव हर्कराज राई आफ्नो पदबाट मुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८३ साल वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदबाट हटाएका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सभामुख डोल प्रसाद अर्यालले २०८३ वैशाख २८ गते उनलाई पदमुक्त गर्न सिफारिस गरेका थिए। सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका […]
पूरा पढ्नुहोस्
कृषि मन्त्रीको निर्णय: डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन सकिए, वार्षिक २ करोड ८५ लाख जोगिने!
काठमाडौं । सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम चालेकी छन्। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिएकी हुन्। के थियो ‘सेटिङ’? डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र […]
पूरा पढ्नुहोस्
स्वास्थ्य मन्त्री मेहतासँग भारतीय राजदूत श्रीवास्तवको भेट
काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयामबारे गहन विचार–विमर्श भएको थियो। भेटमा राजदूतले मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री […]
पूरा पढ्नुहोस्
संसद्मा उभिएर हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?
काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि निशाना साँधेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा श्रम, संस्कृति र पार्टीका अध्यक्ष राईले शाह सरकारको कडा आलोचना गरेका छन्। उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको आरोप लगाए । सम्बोधनका क्रममा राईले भने,‘यो सरकारको प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी
काठमाडौं –नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाएका छन्।बैठकमा बोल्दै उनले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर राजनीतिक संकेत भएको दाबी गरे। उनका अनुसार यस्तो कदमले […]
पूरा पढ्नुहोस्
रचण्डको सुझाव-जित पचाउन गाह्रो हुन्छ, इतिहासबाट सिक्नुहोस्
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैली र राजनीतिक भाष्यप्रति कडा टिप्पणी गर्दै जनसरोकारका मुद्दामा सरकारलाई गम्भीर बन्न चेतावनी दिएका छन्। जेन–जी आन्दोलनपछिको नयाँ परिवेशमा सम्पन्न निर्वाचनपछि पहिलोपटक रोष्टममा उभिँदै प्रचण्डले इतिहासको बलिदान, समावेशी प्रतिनिधित्व र वर्तमान सरकारका कमजोरीबारे विस्तृत सम्बोधन गरे। सम्बोधनका क्रममा प्रचण्डले वर्तमान संसद्को संरचना हिजोको […]
पूरा पढ्नुहोस्
संघीय संसदको बजेट अधिवेशन आजदेखि
काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा […]
पूरा पढ्नुहोस्
बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड
काठमाडौं। बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा बालबालिकामा लगानी गर्न सरोकारवालाले माग गरेका छन्। आइतबार सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले काठमाडौंमा आयोजना गरेको ‘सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस’ कार्यक्रममा बोल्दै सरोकारवालाले त्यस्तो बताएका हुन्। बाल पोषण भत्ता आर्थिक सहायता मात्र नभएर राष्ट्रको भविष्यका लागि मानव पुँजी निर्माणको प्रमुख आधार भएकाले […]
पूरा पढ्नुहोस्
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नीति निर्माणलाई गम्भीर रूपमा अघि बढाइरहेको बताएका छन्। काठमाडौंमा आयोजित ‘राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन’ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पार्टी स्थापना भएदेखि नै विभिन्न नीति तथा विचारका विषयमा विज्ञहरूसँग निरन्तर छलफल र मन्थन गर्दै आएको उल्लेख गरे। […]
पूरा पढ्नुहोस्
अध्यादेशबाट हटाइए पुराना, सबै नियुक्ति पहुँचकै भरमा आउने सम्भावना
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ल्याएर १०८ निकायका १५ सयभन्दा बढीलाई पदमुक्त गरिसकेको छ । अध्यादेश ल्याउनुपूर्व राजीनामा दिएर बाहिरिएका र अध्यादेश ल्याइसकेपछि छाडेका केही सार्वजनिक निकायमा सरकारले पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको छ भने केहीमा थाल्ने तयारी गरिरहेको छ । तर, सरकारले पुरानाले नियुक्ति गरेको भाष्य लागेका […]
पूरा पढ्नुहोस्




