राजनीति

नेपाल धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन् । हरितालिका तीजको अवसरमाशुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताए । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरे ।सभापति थापाले तीज नेपाली महिलाहरूको […]

पूरा पढ्नुहोस्

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गरे। आइतबार […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री वालेन्द्रले राष्ट्रिय सभामा मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत […]

पूरा पढ्नुहोस्

बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन ‍(आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) र विश्व बैङ्कले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक […]

पूरा पढ्नुहोस्

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसूची

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । यसैगरी, […]

पूरा पढ्नुहोस्

आधिकारिकताको साङ्लोमा रुमल्लिएको कांग्रेस: समानान्तर महाधिवेशनले बढाएको विभाजन संकट

काठमाडौं।  नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र आधिकारिकताको साङ्लो झनै जेलिँदै जाँदा संस्थापनइतर (देउवा-कोइराला) समूहले १५औँ महाधिवेशनका लागि छुट्टै र समानान्तर कार्यतालिका सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बसी आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीपछि कुन देशले कति दिए सहयोग ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि नेपालले विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गरिरहेको सहयोगबारे जानकारी दिएका छन् । प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै विभिन्न देशले नेपाललाई राहत, उद्धार सामग्री, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले नेपालको दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बाका रूपमा उभिएको बताएका छन् । छिमेकी भारतले […]

पूरा पढ्नुहोस्

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र […]

पूरा पढ्नुहोस्

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाजमा प्रचलित लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता कायम गर्दै सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुतालाई थप मजबुत बनाउँदै आएको उल्लेख गरेका […]

पूरा पढ्नुहोस्