राजनीति

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिताएर मुलुकलाई स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे । ‘विगत पाँच-छ वर्ष केवल सरकार बनाउने र फेर्ने काममा मात्रै खर्च भयो […]

पूरा पढ्नुहोस्

आउँदो बिहिवार हुने चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा

काठमाण्डौ – आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र सहित चुनाव गराउन चाहिने सबै सामग्री पुर्‍याइएको छ । कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा तयारीबारे जानकारी दिँदै सचिव राउतले चुनावलाई सुरक्षित र […]

पूरा पढ्नुहोस्

असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको छ । पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो । चुनाव सम्पन्न […]

पूरा पढ्नुहोस्

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने

गोरखा –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर […]

पूरा पढ्नुहोस्

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । […]

पूरा पढ्नुहोस्

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य […]

पूरा पढ्नुहोस्

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन […]

पूरा पढ्नुहोस्