राजनीति
रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुर पुगेको छ। प्रहरीले पक्राउका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको जनाएको छ। पूर्वगृहमन्त्री रमेष लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी भक्तपुरको गुन्डुमा तैनाथ गरिएको छ। जरुरी पक्राउ पूर्जी जारी […]
पूरा पढ्नुहोस्
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
भक्तपुर- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो । गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको प्रकरणमा उनी पक्राउ परेका हुन्। लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले […]
पूरा पढ्नुहोस्
सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन
काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई हाइअर्लटमा बस्न निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार राजनीतिक […]
पूरा पढ्नुहोस्
रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन […]
पूरा पढ्नुहोस्
नयाँ प्रधानमन्त्री बालेनको शपथसँगै मन्त्रीको पनि शपथ आज
काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको […]
पूरा पढ्नुहोस्
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
काठमाडौं। संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो। यसअघि […]
पूरा पढ्नुहोस्
ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेकाले स्वीकार्य नभएको स्पष्ट पारेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रह ढंगले आएको भन्दै स्वीकार्य नभएको स्पष्ट पारेका हुन् । उनले आयोगको […]
पूरा पढ्नुहोस्
बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् । सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो । रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेतामा स्वीकारेको […]
पूरा पढ्नुहोस्
१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष
काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज […]
पूरा पढ्नुहोस्
कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
काठमाडौँ– नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । यस […]
पूरा पढ्नुहोस्







