राजनीति

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम […]

पूरा पढ्नुहोस्

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत […]

पूरा पढ्नुहोस्

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ । प्रत्यक्षतर्फको १६५ सिटको मतगणना हुँदा अहिलेसम्म रास्वपाले ९७ क्षेत्रमा जित निकालेको छ भने अझै २८ क्षेत्रमा अगाडि छ । दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १४ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम राखेको छ । तेस्रो […]

पूरा पढ्नुहोस्

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्। नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शैलेन्द्र घिमिरेले एक हजार ५५२ मत प्राप्त गरेका छन्। […]

पूरा पढ्नुहोस्

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पछाडि पार्दै कांग्रेसका सन्तोष सुब्बा विजयी भएका हुन्। सुब्बाले निकटतम प्रतिस्पर्धी एमालेका ढकाललाई ८७९ मतले पछि पारेका हुन्। तेह्रथुममा विजयी भएका सुब्बाले ११ हजार ५६१ पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका ढकालले १० हजार ६८२ मत ल्याएका छन्। २०७९ को […]

पूरा पढ्नुहोस्

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेकी छन्। मुख्य निर्वाचन […]

पूरा पढ्नुहोस्

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले २८ हजार बढी मत प्राप्त गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का […]

पूरा पढ्नुहोस्

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनी २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

पूरा पढ्नुहोस्

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा देखिएकी छन्। हालसम्मको मतपरिणामअनुसार तामाङले ५५४ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत पाएका छन्। यस्तै, नेपाल समाजवादी पार्टी (तारा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका […]

पूरा पढ्नुहोस्

धनुषा-३ मा रास्वपाका मनिष झाले लिए हजार मतको अग्रता

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले करिब एक हजार मतको अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार झा १४ सय २ मतका साथ लिड गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ४३३ र एमालेकी जुलीकुमारी महतो २२९ मतका साथ पछ्याइरहेका छन्। यो क्षेत्रबाट यसअघि जुली भएकी […]

पूरा पढ्नुहोस्