राजनीति
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
काठमाडौं। प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ। मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन्। कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन्। नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू। यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन्। त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ। यसो हेर्दा लाग्छ, सिंहदरबारमा […]
पूरा पढ्नुहोस्
ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका जेष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन्। ७८ वर्षीय केसीको चैत ११ गते राष्ट्रपतिसमक्ष सपथ हुने भएको हो। केसी नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सांसद भएका हुन्। ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका अन्य सांसदहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था रहेको छ। […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेका हुन्। आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत कार्यक्रममा सहभागी थिए। त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा […]
पूरा पढ्नुहोस्
सांसदहरूको पद तथा गोपनीयताको सपथका लागि हल व्यवस्थापन कार्य अन्तिम चरणमा
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ। नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिए। बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा सत्तापक्ष र […]
पूरा पढ्नुहोस्
शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह
काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पठाउने अनुहारबारे गहिरो अध्ययन गरिरहेको छ । रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको समूहको टीमका सदस्यले सरकारमा पठाउने व्यक्तिका विभिन्न पक्षबारे अध्ययन गरिरहेका हुन्। पार्टीमा अहिले मन्त्रिपरिषद्सँगै सभामुख, प्रमुख सचेतक र सचेतक लगायतका पदहरूका लागि विभिन्न सांसदहरूको नाम […]
पूरा पढ्नुहोस्
महालेखाको प्रारम्भिक प्रतिवेदन : धरानमा हर्क र अइन्द्रसहितले अनुगमन नै नगरी एक लाख ५६ हजार भत्ता लिएको भेटियो
धरान- आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले अनुगमन नै नगरी एक लाख ५६ हजार रुपैयाँ भत्ताबापत बुझेको देखाएको छ। यसरी भत्ता बुझ्नेमा तत्कालीन नगर उपप्रमुख अइन्द्रविक्रम बेघा पनि छन् । उनले पनि अनुगमन नै नगरी १ लाख ५६ हजार रुपैयाँ भत्ताबापत बुझेको महालेखाको प्रारम्भिक […]
पूरा पढ्नुहोस्
बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सबै क्षेत्रमा रहेका दलीय ट्रेड युनियन खारेज गर्नेछ । रास्वपाले अत्याधिक बहुमतसहितको एकदलीय सरकार बन्ने हुँदा उसको चुनावी वाचापत्र कार्यान्वयनको क्रममा दलीय ट्रेड युनियन खारेज हुने भएका हुन् । रास्वपाले आफ्नो चुनावी वाचापत्रको ५ नम्बर बुँदामा ‘सरकारमा आउने बित्तिकै राज्यका विभिन्न […]
पूरा पढ्नुहोस्
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी […]
पूरा पढ्नुहोस्
गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’
काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता र आगामी जिम्मेवारीबारे टिप्पणी गरेका छन्। उनले रास्वपाले चुनाव जित्नु जनताको विश्वासको परिणाम भएको उल्लेख गर्दै अब सरकार कसरी सञ्चालन गर्ने भन्ने कुरा स्वयं पार्टीकै जिम्मेवारी भएको बताएका छन्। नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिना सम्म अन्य दलले […]
पूरा पढ्नुहोस्




