राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । आज युवा, श्रम तथा रोजगार […]

पूरा पढ्नुहोस्

‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्न स्रोत निश्चित गर्न सुझाव दिनुभएको छ ।आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले बजेटको कार्यान्वयन क्षमता, आर्थिक वृद्धिको आधार, कृषि क्षेत्रको प्राथमिकता तथा सामाजिक न्यायका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । छलफलमा सहभागी सांसद कृष्णबहादुर […]

पूरा पढ्नुहोस्

दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल र राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं। संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तय कार्यसूची अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका सन्दर्भमा दुवै सदनमा महत्त्वपूर्ण छलफल र प्रक्रियाहरू अगाडि बढाउनका लागि […]

पूरा पढ्नुहोस्

रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन्। नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ सरकार गठन हुँदा सुधार, सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको भए पनि छोटो समयमै सरकारको कार्यशैलीप्रति […]

पूरा पढ्नुहोस्

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उनको भनाइ […]

पूरा पढ्नुहोस्

कांग्रेसको डिजिटल अभियान: क्रियाशील सदस्यता अनलाइन अद्यावधिक गर्ने समय आज राति सकिँदै

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने तोकिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार जेठ २८ गते राति १२ बजेसम्म मात्रै अनलाइन प्रणाली खुला रहनेछ। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले अन्तिम समयमा प्राविधिक चाप बढ्न सक्ने भएकाले समयमै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अपिल […]

पूरा पढ्नुहोस्

काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ। औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र समकक्षी जयशंकरबीच भएको वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन र ऊर्जा लगायतका विषयमा व्यापक छलफल भएको हो। वार्ताका क्रममा दुवै मन्त्रीले नेपाल–भारत सहकार्यका क्षेत्रमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, […]

पूरा पढ्नुहोस्

जातीय छुवाछूत उन्मूलन दिवस: विभेदहीन र समावेशी समाज निर्माणका लागि राष्ट्रपतिको शुभकामना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको हार्दिक शुभकामना व्यक्त गरेका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको रक्षा गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणमा […]

पूरा पढ्नुहोस्

सीमासम्बन्धी विवादित अभिव्यक्तिमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिने

काठमाडौं– सीमासम्बन्धी विवादित अभिव्यक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा प्रष्टीकरण नदिने भएका छन् । उक्त धारणा राष्ट्रिय स्वतन्त्र पार्टीको हो वा सरकारको भन्ने विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने माग विपक्षी दलहरूले गरिरहेका छन् । अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले यस विषयमा प्रधानमन्त्री शाहले संसद्‌मा जवाफ नदिने जानकारी दलका नेताहरूलाई गराएका हुन् । राष्ट्रियसभा अध्यक्षको […]

पूरा पढ्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक, उजुरीहरूमाथि छानबिन हुने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भाेलि बिहीबारका लागि आह्वान गरिएको छ। पार्टीभित्रको आन्तरिक अनुशासन र हालैका निर्वाचन तथा सांगठनिक गतिविधिमा देखिएका विवादहरूलाई सम्बोधन गर्न यो बैठक बस्न लागेको हो। समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बैठक बस्ने आधिकारिक जानकारी दिएका हुन्। पार्टी स्रोतका अनुसार […]

पूरा पढ्नुहोस्