राजनीति
प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् । त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसद्बाट […]
पूरा पढ्नुहोस्
देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्
काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ। देउवा पक्षीय कांग्रेसले सरकारद्वारा दुवै नेतालाई […]
पूरा पढ्नुहोस्
भदौ २३–२४ घटनामा निष्पक्ष छानबिनको माग दोहोर्यायो कांग्रेसले
काठमाडौँ – नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानूनी प्रक्रिया अनुसार छानबिन गरी दोषीलाई कारबाही गर्न पुनः माग गरेको छ। पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक माग उठाएको कांग्रेसले भदौ २७ मा बसेको […]
पूरा पढ्नुहोस्
वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना
काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि अघि बढाएको कदमको खुलेर सराहना गरेका छन्। पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ को सिफारिस कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धतालाई प्रशंसा गरेका हुन्। उनले भने, ‘मैले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष ०८१-०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधान […]
पूरा पढ्नुहोस्
एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा एक जना घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । घाइतेलाई अस्पताल लगिएको छ । प्रदर्शनकारी सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज […]
पूरा पढ्नुहोस्
ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो
काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको बताएका छन्। उनले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन […]
पूरा पढ्नुहोस्
गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ
काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन’ भन्दै दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका हुन्। उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन्। […]
पूरा पढ्नुहोस्
रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुर पुगेको छ। प्रहरीले पक्राउका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको जनाएको छ। पूर्वगृहमन्त्री रमेष लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी भक्तपुरको गुन्डुमा तैनाथ गरिएको छ। जरुरी पक्राउ पूर्जी जारी […]
पूरा पढ्नुहोस्
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
भक्तपुर- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो । गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको प्रकरणमा उनी पक्राउ परेका हुन्। लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले […]
पूरा पढ्नुहोस्
सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन
काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई हाइअर्लटमा बस्न निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार राजनीतिक […]
पूरा पढ्नुहोस्




