काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा वैशाख २६ देखि जेठ १५ गतेसम्म देशका सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने जानकारी गराइएको हो ।
जसअनुसार वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेश, वैशाख २८ र २९ गते कर्णाली प्रदेश, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश, जेठ ४ र ५ गते, बागमती प्रदेश, जेठ ६ र ७ गते मधेश प्रदेश, जेठ ८ र ९ गते कोशी प्रदेश र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशमा भेलाको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए ।
उनले
सरकार लगायत सरोकारवाला निकायलाई पार्टीका तर्फबाट दिनुपर्ने सुझावका विषयमा समेत प्रतिष्ठानले आवश्यक प्रशिक्षण गर्नुपर्ने धारणा राखे ।
बैठकमा सभापति थापाले प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मालाई शपथ गराएका थिए भने प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए । बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ ।





प्रतिकृया दिनुहोस्