राजनीति
निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की
मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री कार्कीसहित प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारलाई महासङ्घका प्रदेश अध्यक्ष जनसेवक भण्डारीसहितको टोलीले पेट्रोलियम पदार्थलगायत निर्माण उद्योगलाई आवश्यक सामग्रीको मूल्य वृद्धिअनुसार मूल्य समायोजन एवं म्याद थपका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ । टोलीले […]
पूरा पढ्नुहोस्
सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन
काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई भत्केका टहरामा आफ्ना किताब र सामान खोज्दै गर्दा सोमबार दिउँसो भेटिइन् । प्रगति माध्यामिक विद्यालयबाट कक्षा ६ को परिक्षा दिएर बसेकी ईश्वरीलाई अब कता बस्ने र कहाँ जाने भन्ने पिरलोले सताएको छ । उनलाई नयाँ ठाउँ जाने मन पनि छैन । ‘अब सातमा पढ्ने हो […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं, वैशाख १४- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक […]
पूरा पढ्नुहोस्
भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह
काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा फैल्याइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा बैठक स्थगनपछि आफू इलामकेन्द्रित अभियानमा व्यस्त रहेको आइतबार उल्लेख गरेका छन्। उनले सार्वजनिक सरोकारका विषयमा सधैं स्पष्ट धारणा राख्दै आएको बताउँदै पछिल्ला राजनीतिक घटनाक्रमलाई दीर्घकालीन प्रभावका आधारमा विश्लेषण […]
पूरा पढ्नुहोस्
कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा गरेको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने सहभागी थिए। त्यसैगरि डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, […]
पूरा पढ्नुहोस्
हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता
काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी उनलाई फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए
पूरा पढ्नुहोस्
प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको बताएका छन् । उनले हरेक वर्ष ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गरेका छन् । […]
पूरा पढ्नुहोस्
सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका […]
पूरा पढ्नुहोस्
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ । नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, प्रत्यायोजित विधायनलगागत […]
पूरा पढ्नुहोस्
कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने
काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरुले सोबारे छलफल गरेका थिए । छलफलबाट भोलि सम्भव भएसम्म सर्वसम्मत र त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाटै भएपनि दलको नेता चयन गरिने एक नेताले जानकारी दिए । ‘दलको नेता चयनका लागि आज हामीले छलफल गर्यौँ । भोलि बिहान […]
पूरा पढ्नुहोस्




