प्रदेश

साउनको अन्तिम सोमबारः ‘सोमप्रदोष व्रत’को संयोग, देशभरका शिवालयमा घुइँचो

काठमाडौंः आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई […]

पूरा पढ्नुहोस्

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज१त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया […]

पूरा पढ्नुहोस्

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हट्दै जान थालेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आयातको परिमाण वृद्धि भएसँगै र वितरण प्रक्रिया सहज पारिएपछि बजारमा ग्यासको आपूर्ति लयमा फर्कन थालेको नेपाल आयल निगमले जनाएको छ। गत असार ३१ गतेदेखि निगमले साविककै १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री खुला […]

पूरा पढ्नुहोस्

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

काठमाडौँ : नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ। यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प  भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए। “नाकामा सडक अवरुद्ध भएकाले […]

पूरा पढ्नुहोस्

शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

दाङ – सल्यानमा समूह बनाएर शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका आठ जना पक्राउ परेका छन्।सल्यानका प्रमुख डिएसपी दीपक पातलीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा समूह बनाएर शिकार खेल्न गएकामध्ये कालिमाटी –२ बराहडुंगाका ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। मगरको […]

पूरा पढ्नुहोस्

नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

काठमाडौं। नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने […]

पूरा पढ्नुहोस्

एक सिलिण्डर ग्यास ७ हजारमा बेच्ने व्यक्ति पक्राउ

काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट बारुदखाना चोकस्थित डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो। उपभोक्ताहरूलाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको महँगो दरमा ग्यास बिक्री वितरण गरिरहेको सुराकीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। अनुगमन तथा चेकजाँचका […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ […]

पूरा पढ्नुहोस्