प्रदेश
त्रिचालिस हजार सवारीसाधन कारबाहीको दायरामा
महेन्द्रनगर –सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक […]
पूरा पढ्नुहोस्
दाङमा ग्यास वितरणमा नयाँ व्यवस्था, अब लाइन बस्न नपर्ने
दाङ, खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । डिलरमा पुग्दा ग्यास सकिएको जवाफ सुन्नुपर्ने उपभोक्ताको सास्ती अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चालेको छ ।अबदेखि ग्यास डिलरले आफ्ना उपभोक्तालाई अनावश्यक भीडभाड र लाइनमा राख्न नपाउने गरी नयाँ वितरण प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यस पटकको व्यवस्थाले विशेष गरी […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : ५ प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ –हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया […]
पूरा पढ्नुहोस्लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द
नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० देखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको […]
पूरा पढ्नुहोस्
मिथिलामा झुलनोत्सव सुरु
महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् । हिन्दू परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना (एक प्रकारको कोक्रो)मा राखेर भक्तिगीतको […]
पूरा पढ्नुहोस्
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका […]
पूरा पढ्नुहोस्
मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
मनसुनी वायुको प्रभाव, आज केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं – देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका […]
पूरा पढ्नुहोस्
देशभर मनसुनी वायुको प्रभावः अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने मौसम […]
पूरा पढ्नुहोस्
सुर्खेतमा एकै महिना साढे ४४ हजार ग्यास सिलिन्डर वितरण
कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासको खपत ह्वात्तै बढेको छ। चालु साउन १ गतेदेखि २७ गतेसम्मको अवधिमा सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीमार्फत १४ दशमलव दुई केजीका ४४ हजार ५०० थान ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको छ। नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेका अनुसार यो अवधिमा भेरी […]
पूरा पढ्नुहोस्






