२८ कार्तिक २०८३, शुक्रबार ०७:५९
काठमाडौं। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसका कारण तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ भने मुलुकका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराईमा मौसम सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।










प्रतिकृया दिनुहोस्