प्रदेश
विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट
राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भइ आगो लागेको जनाइएको छ । सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीयवासी, प्रहरी र […]
पूरा पढ्नुहोस्
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए […]
पूरा पढ्नुहोस्
सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर
म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि […]
पूरा पढ्नुहोस्
अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना
काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका– २२ सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ। आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र […]
पूरा पढ्नुहोस्
सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ। तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ। दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो। सडकका दायाँबायाँ […]
पूरा पढ्नुहोस्
नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनमा अब छुट्टै डेस्क
काठमाडौं। नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनले छुट्टै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ। अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय गरेको हो। अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ […]
पूरा पढ्नुहोस्
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं। मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका ७ मा […]
पूरा पढ्नुहोस्
छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन
सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगारपालिका-१६ स्थित तरेगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । विसं २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान: देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन […]
पूरा पढ्नुहोस्







