प्रदेश
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो । […]
पूरा पढ्नुहोस्
तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम
काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ । एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले […]
पूरा पढ्नुहोस्
पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन […]
पूरा पढ्नुहोस्
अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ
काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् । उनी ठगीको आरोपमा मंगलबार स्वयम्भू नजिकबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो । अमेरिका लगिदिन्छु भने व्यक्तिहरूसँग पैसा उठाएर’ कारण उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ । शिवराजको स्थायी ठेगना सिन्धुली हो । उनी पछिल्लो समय भारतमा रहेको […]
पूरा पढ्नुहोस्
बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर– बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोलबाट बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
करिब १ सय ७१ किलो गाँजासहित गाडी चालक पक्राउ
मकवानपुर– मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला […]
पूरा पढ्नुहोस्
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ–गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ। महाशाखाका […]
पूरा पढ्नुहोस्
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल […]
पूरा पढ्नुहोस्
दुई दिनको वर्षाले किसानलाई राहत
महोत्तरी– सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले बल्ल राहत महसुस गरेका छन् । गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस्यान बनाएपछि खेतीपातीका काम अघि बढ्ने आशले किसानलाई राहत मिलेको हो । पछिल्लो वर्षाले यसअघि पानी बेगर पहेँलिँदै गएका बालीनालीलाई अमृतकै काम गरेको किसान बताउँछन् । ‘जग्गा रुखिएर खनजोत गर्न पाइएको […]
पूरा पढ्नुहोस्







