प्रदेश

मौसम पूर्वानुमान : आज र भोलि हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाण्डौ – आज र भोलि केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ । दिउँसोपख कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र […]

पूरा पढ्नुहोस्

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका […]

पूरा पढ्नुहोस्

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली सडक । आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर […]

पूरा पढ्नुहोस्

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा-यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सम्पूर्ण खाता रोक्का गरिदिएपछि यो समस्या भएको हो । एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहले भन्नुभयो, “मङ्सिरदेखि तलब भत्ता मात्र होइन, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा […]

पूरा पढ्नुहोस्

सरकारी जागिर लगाई दिने भन्दै १ करोड २० लाख ठगी गर्ने पक्राउ

धनगढी : सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौं ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। डोटीको आदर्श गाउँपालिका–२ घर भइ हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका ३३ वर्षीय तुलाराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उहाँलाई लालपुरबाटै पक्राउ गरेको सो कार्यालयका प्रवक्ता प्रहरी […]

पूरा पढ्नुहोस्

अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिइने

काठमाडौं– आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो ।पूर्व प्रस्थान […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । […]

पूरा पढ्नुहोस्

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया […]

पूरा पढ्नुहोस्

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको संकटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ । यसैबीच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत […]

पूरा पढ्नुहोस्

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका […]

पूरा पढ्नुहोस्