प्रदेश
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
कास्की। कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक […]
पूरा पढ्नुहोस्
भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने: १३२ केभी प्रसारण लाइन निर्माण गरिँदै
सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोड्नका लागि एक दशमलव सात किलोमिटर लामो र १३२ केभी क्षमताको नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो। भेरी नदीको पानीलाई बबईमा फर्काएर […]
पूरा पढ्नुहोस्
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो । सङ्घीय सरकारले विनियोजन गरेको तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन […]
पूरा पढ्नुहोस्
काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत
ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत रहे पनि […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा […]
पूरा पढ्नुहोस्
मनसुनको प्रभाव: देशभर बदली, कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ। यसकै प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती […]
पूरा पढ्नुहोस्
पातपतिङ्गरबाट प्राङ्गरिक मल
गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरुवात गरेको हो । गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी […]
पूरा पढ्नुहोस्
डेढ करोड बढीको क्रिप्टो कारोबार गर्ने मुकेश प्रजापति पक्राउ
काठमाडौं। नेपाल प्रहरीले रु एक करोड ४८ लाखभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोगमार्फत सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सीका रूपमा साटेर अवैध कारोबार गर्ने भक्तपुर मध्यपुर थिमी-५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी […]
पूरा पढ्नुहोस्
जातीय विभेद अन्त्यका लागि मुगुमा सामूहिक सहभोज, व्यवहारमै परिवर्तन ल्याउन नगरप्रमुखको जोड
मुगु। हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित यस विशेष कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको व्यापक सहभागिता रहेको थियो। जातीय विभेद […]
पूरा पढ्नुहोस्






