खेलकुद

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन […]

पूरा पढ्नुहोस्

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली च्याम्पियन्स लिगको प्ले-अफ पहिलो लेगमा अस्ट्रियाको लास्कमाथि ३-० को प्रभावशाली जित निकालेको छ। सेल्टिक पार्कमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुआतमै स्वीडिस फरवार्ड बेन्जामिन निग्रेनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि कोलम्बियाली फरवार्ड डुरानले हाफ टाइमअघि र पछि दुई गोल गर्दै स्कटिस […]

पूरा पढ्नुहोस्

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक टोलीलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर वा पहिले ब्याटिङ गर्दै नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रनको योगफल तयार पारेको थियो। १८९ रनको विजयी लक्ष्य पछ्याएको कर्नाटकको टोली नेपाली बलरको घातक बलिङसामु २८ ओभरमै ७२ रनमा […]

पूरा पढ्नुहोस्

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि नेपाल ‘ए’ टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक सिनियर टोलीको सट्टा ‘ए’ टोलीलाई अस्ट्रेलिया पठाउन लागेको हो। अनिलकुमार साहको कप्तानीमा रहेको टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। टोली सन्तुलित रहेकाले अस्ट्रेलियामा उत्कृष्ट नतिजा निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी […]

पूरा पढ्नुहोस्

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत मानिने यस वार्षिक भिडन्तमा पिएसजीले पुन: आफ्नो वर्चस्व कायम गरेको हो। बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा उसमान डेम्बेलेको पासमा दुएले गोल […]

पूरा पढ्नुहोस्

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई खरिद गर्न चाहने टोलीहरूका लागि १२ करोड पाउन्डभन्दा बढीको प्रस्ताव पठाउन शुक्रबारसम्मको समय तोकेको छ। २५ वर्षीय फर्नान्डेजले गत मार्चमै स्पेनिस क्लब रियल म्याड्रिड जाने सम्भावनाबारे कुरा उठाएयता स्टामफोर्ड ब्रिजमा उनको भविष्य अन्यौलमा रहँदै आएको थियो। सोही समयमा उनका एजेन्ट ह्याभियर पास्टोरेले फर्नान्डेजले सोचेजति पारिश्रमिक […]

पूरा पढ्नुहोस्

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका प्रहार गरेपछि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) माथि १ विकेटको रोमान्चक जित निकालेको छ। डन्डीस्थित फोर्थिल मैदानमा जितका लागि २ सय ३१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन […]

पूरा पढ्नुहोस्

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ। शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले […]

पूरा पढ्नुहोस्

लियोनेल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाका विभिन्न सञ्चारमाध्यमहरूका अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। यसअघि गत जुनमा विश्वकपअन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि गोल गरेपछि लियोनेल मेसी निकै भावुक बनेका थिए। खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘म किन रोएको थिएँ? त्यसको […]

पूरा पढ्नुहोस्

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा पर्दैन। तर विश्वकपको मैदानमा केही उत्कृष्ट खेल खेल्छ, गोल गर्छ वा असम्भवजस्तै लाग्ने बचाउ गर्छ। प्रतियोगिता सकिँदासम्म त्यही खेलाडीलाई विश्वका ठूला क्लबहरूले पछ्याउन थालिसकेका हुन्छन्। यही हो फिफा विश्वकपको रोचक पक्ष। विश्वकप फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि हुने प्रतियोगिता मात्र होइन, यो खेलाडीका लागि करिअर […]

पूरा पढ्नुहोस्