खेलकुद
एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम
काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो खेलमा विजयी हुने लक्ष्यसहित मैदानमा हुनेछ । नेपाल र भुटानको खेल बिहीबार बिहान ७ः१५ बजे मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा हुँदैछ । बुधबार भएको पहिलो खेलमा कतारले दिएको ७७ रनको लक्ष्य […]
पूरा पढ्नुहोस्
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने आजको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्यो नेपाल
चितवन–बंगलादेशसंग पराजित हुँदै नेपाल साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ ।बुधबार भारतको गोवामा बंगलोदशले नेपाललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान तय गर्यो । दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो । दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट […]
पूरा पढ्नुहोस्
नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने
काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेपछि नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो । चीनमाथिको जितसँगै मलेसिया पनि प्रतियोगिताका लागि छनोट भएको छ । लगातार दोस्रो हार खेपेको चीन भने छनोट […]
पूरा पढ्नुहोस्
व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् ।राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन
धरान–कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ […]
पूरा पढ्नुहोस्
आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिए । राबाडाले पर्पल क्याप जितेको यो दोस्रो पटक हो । यसअघि उनले आईपीएल २०२० मा दिल्ली क्यापिटल्सका लागि ३० विकेट […]
पूरा पढ्नुहोस्
सचिन तेन्दुलकरले ‘अद्भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले सनसनीपूर्ण प्रदर्शन गर्दै मुख्य विधाका तीनवटा अवार्ड जितेका छन् । १५ वर्षीय सूर्यवंशीले यस सिजनको ‘मोस्ट भ्यालुएबल प्लेयर’ ‘अरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’को अवार्ड पाएका छन्। उनले १६ इनिङ्समा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । आईपीएल इतिहासमा […]
पूरा पढ्नुहोस्
रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका फाइटर रवीन्द्र ढाटले प्रतिष्ठित ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका फाइटर किमबर्ट एलिन्टोजोनलाई पराजित गरेका हुन्। खेलको दोस्रो राउन्डमा रवीन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई ‘टेक्निकल नकआउट’ का आधारमा धूलिचाट पारेका थिए। ‘रोड टु […]
पूरा पढ्नुहोस्
नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो
काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसंग सोझो सेटमा पराजित भएसंगै नेपाल उपाधी होडबाट बाहिरिएको हो । खेलमा इरान २५–२०, २५–१५, २५–११ ले बिजयी भयो । जितसंगै फाइनल प्रवेश गरेको इरानले अव शुक्रबार उपाधिका लागि काजकिस्तानसंग खेल्ने छ । त्यसअघि बिहीबार […]
पूरा पढ्नुहोस्







