खेलकुद

आईपीएल: लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो । कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा […]

पूरा पढ्नुहोस्

आईपीएल-दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा बुधबार राति भएको खेलमा २११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनमा समेटिएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ […]

पूरा पढ्नुहोस्

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ […]

पूरा पढ्नुहोस्

आईपीएलमा टिम डेभिडको जादू

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए । मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे । चेन्नई ४३ रनले पराजित भएको यो रोचक खेलको एउटा फरक कीर्तिमान हो । १५ औँ ओभरमा ब्याटिङ गर्न […]

पूरा पढ्नुहोस्

भलिबलको एउटै टिममा घरका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । ६ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर […]

पूरा पढ्नुहोस्

पीएसएल : इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित

लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा रावलपिन्डीमाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति भएको खेलमा रावलपिन्डीले दिएको १५७ रनको लक्ष्य इस्लामावादले मात्र १४.२ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गरेको हो । इस्लामावादको जितमा १९ वर्षीय युवा ब्याटर समीर मिन्हास नायक बने। […]

पूरा पढ्नुहोस्

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाले खेलकुद क्षेत्रभित्रको राजनीतिक खिचातानीप्रति कडा असन्तुष्टि जनाउँदै त्यसले खेलाडीहरूको भविष्य र अवसरमाथि गम्भीर असर पारेको बताएकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच उत्पन्न विवादका कारण नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा सिरिज खेल गुमाएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो । आजको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत दिएका छन् । सन् २०२६ को विश्वकपका लागि छनोट हुन असफल भएसँगै पोल्यान्डको फुटबलमा एउटा स्वर्णिम युग समाप्त हुने सम्भावना देखिएको हो । स्टकहोममा भएको प्लेअफ फाइनलमा स्विडेनसँग ३–२ ले पराजित भएपछि ३७ वर्षीय लेवान्डोव्स्की निराश देखिएका थिए । उक्त हारसँगै […]

पूरा पढ्नुहोस्

चारपटकको विश्व विजेता इटाली तेस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौंः चारपटकको विश्व च्याम्पियन इटालीलगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो। यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन। खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो। प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० […]

पूरा पढ्नुहोस्