प्रमुख समाचार
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
काठमाडौँ–इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भयो । अहिले हिजरी संवत् […]
पूरा पढ्नुहोस्
फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने
पेरिस। फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। तर ट्रेड युनियनहरूले यो उपाय छिटो कार्यान्वयन गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन्। फ्रान्सको संसद्ले जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो। यो राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई […]
पूरा पढ्नुहोस्
आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी
तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई सम्हाल्न इरान सरकारले इन्धनको मूल्य बढाउने संकेत गरेको छ। अमेरिकाले इरानी समुद्री बन्दरगाहमा गरेको घेराबन्दी र बढ्दो आर्थिक सङ्कटका बीच ९ करोड ३० लाख जनसङ्ख्यालाई भारी अनुदानमा इन्धन उपलब्ध गराउन सरकारलाई धौ-धौ परिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा इरानको कुल गार्हस्थ्य […]
पूरा पढ्नुहोस्
अमेरिकाले इरानबाट सम्झौताबाहिरको सहुलियत खोजेको आरोप
काठमाडौं । इरानी संसद्का अध्यक्ष मोहम्मद बाकर गालिबाफले अमेरिकी अधिकारीहरूले इरानमाथि थप दबाब सिर्जना गरेर कुनै पनि सम्झौताको हिस्सा नरहेका सहुलियत (छुट) दिन बाध्य पार्न सकिन्छ भन्ने सोचेको बताएका छन्। गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र रक्षामन्त्री पिट हेगसेथको नाम उल्लेख गर्दै लेखेका छन्, “यी दुवैले यस मामिलालाई सम्हाल्न सक्दैनन्। अमेरिकी […]
पूरा पढ्नुहोस्
ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। गत ३ गते बेलुकी करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा ठोक्किएर दुर्घटना […]
पूरा पढ्नुहोस्
ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको […]
पूरा पढ्नुहोस्
नेपालसहित विभिन्न देशका लागि अमेरिकी टिपिएस सुविधा खारेज
काठमाडाैं। अमेरिकाले नेपालसहित विश्वका विभिन्न देशका नागरिकहरूलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पूर्ण रूपमा खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी न्याय विभागको आधिकारिक अभिलेख अनुसार नेपालका लागि टिपिएस खारेज गर्ने निर्णयमाथि तल्लो अदालतले लगाएको रोकलाई ९औं सर्किट कोर्ट अफ अपिल्सले स्थगित गरिदिएपछि खारेजीको बाटो खुलेको हो। अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले देशको […]
पूरा पढ्नुहोस्
सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने
काठमाडौं । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न ल्याएको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ […]
पूरा पढ्नुहोस्
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा […]
पूरा पढ्नुहोस्
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र […]
पूरा पढ्नुहोस्







