समाचार
साउदीले सैन्य विमान उडाउने अनुमति नदिँदा हर्मुज खुलाउने अभियान रोक्न बाध्य भए ट्रम्प
साउदी–डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा ५० हजारजति सैनिक तैनाथ गरेका थिए। तिनलाई उनले विमानवाहक युद्धपोत, विध्वंसक र विमानमा पठाएका थिए।प्यारासुट र सर्भाइभल किट बोकेका ती सैनिक ट्रम्पले इरानको ‘क्षेप्यास्त्र उद्योग ध्वस्त पार्न’ घोषणा गरेको सैन्य कारबाहीको हिस्सा बनेका थिए। झण्डै ४० लामो लडाइँपछि युद्धविराम भयो। अहिले फेरि ती सैनिक आगामी कदमका लागि तम्तयार भएका छन्। तर, […]
पूरा पढ्नुहोस्
हावाहुरी र चट्याङको जोखिम बढ्दो: उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं। पछिल्लो समय देशभर हावाहुरी र चट्याङका घटनामा वृद्धि हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ। प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षति कम गर्न प्राधिकरणले जनहितमा जारी गर्दै विभिन्न सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको हो। प्राधिकरणले जारी गरेको सूचना अनुसार, तीव्र वेगमा हुरी चलेको समयमा […]
पूरा पढ्नुहोस्
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं– सर्लाहीको हरीपुर्वा नगरपालिका-९ स्थित सडकमा ग.१ ख ९४६७ नम्बरको बसले ना.४८ प ४७० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने ३६ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार बस चालकको खोजी गरिरहेको छ । […]
पूरा पढ्नुहोस्
रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप
एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठूला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् । किएभका अनुसार उक्त आक्रमणले शान्ति प्रयासलाई पुनः कमजोर बनाएको छ । युक्रेनी पक्षका अनुसार रुसले एकै रातमा १०८ वटा लडाकु ड्रोन र तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । युक्रेनले आह्वान गरेको युद्धविराम […]
पूरा पढ्नुहोस्
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ । प्रयोगकर्तालाई […]
पूरा पढ्नुहोस्
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका […]
पूरा पढ्नुहोस्
रोशी खोलामा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ति माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी […]
पूरा पढ्नुहोस्
बिपी राजमार्गमा आवागमन बन्द
काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले आज साँझ ५ बजेदेखि आवागमन […]
पूरा पढ्नुहोस्
लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो
नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस सम्बन्धमा नेपालले राखेका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो टिप्पणी गरेका हुन्। प्रवक्ता जैसवालले यस विषयमा […]
पूरा पढ्नुहोस्
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगवनी बजार सुनसान बन्दै गएको छ भने नेपाली बजारमा उपभोक्ताको चलहपहल बढ्न थालेको छ । यसअघि नेपाली उपभोक्तले जोगवानी गएर दैनिक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने गरेकामा सरकारको निर्णय […]
पूरा पढ्नुहोस्







