समाचार
अमेरिकाले हाम्रो प्रस्ताव मान्नुपर्छ, अरू विकल्प छैन : ईरान
काठमाडौं । अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको प्रस्तावलाई अस्वीकार गरेको छ। अमेरिकाले अस्वीकार गरेसँगै इरानले १४ बुँदे प्रस्ताव स्वीकार गर्नु बाहेक अरु कुनै विकल्प नभएको बताएको छ। ‘१४ बुँदे प्रस्तावमा लेखिए अनुसार इरानी जनताको अधिकारको सम्मान गर्नु बाहेक अरु कुनै उपाय छैन,’ इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले एक्समा लेखे। ‘अन्य कुनै पनि दृष्टिकोण पूर्णतया […]
पूरा पढ्नुहोस्
लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका-२४ घर भएका २८ वर्षीय सुमन विक […]
पूरा पढ्नुहोस्
पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि !
गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन् । औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला […]
पूरा पढ्नुहोस्
अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी
तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो । […]
पूरा पढ्नुहोस्
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
काठमाण्डौ – अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर ९ हजार शैक्षिक संस्था […]
पूरा पढ्नुहोस्
लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन÷तीन, काठमाडौँ र ललितपुरबाट दुई÷दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक÷एक जनालाई पक्राउ गरिएको हो। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद […]
पूरा पढ्नुहोस्
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
काठमाडौं- युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा […]
पूरा पढ्नुहोस्
रोममा अमेरिका–इटाली संवाद
रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै इटालीमाथि सार्वजनिक आलोचना गरेपछि वासिङ्टन र रोमबीच देखिएको असहजता कम गर्ने प्रयासस्वरूप अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । पछिल्ला दिनमा ट्रान्सअटलान्टिक सम्बन्धमा बढ्दो तनावबीच भएको यो भेटलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । रुबियोले एक […]
पूरा पढ्नुहोस्
एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने
काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७ खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स छाप्न करिब रु ३३ करोड १८ लाख खर्च गर्ने भएको हो । यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्रले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस […]
पूरा पढ्नुहोस्
नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए । सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजीकार्य जारी राखेका थिए । सो क्रममा बुधबार बिहान […]
पूरा पढ्नुहोस्







