समाचार
इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरेको घोषणा गर्दै युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध अन्त्यका लागि भर्खरै एउटा ठुलो सम्झौता गरेका छौँ ।” यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानमाथिका आक्रमणहरू […]
पूरा पढ्नुहोस्
अमेरिकामा इरान युद्धका कारण इन्धनको मूल्य बढ्यो
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी मन पर्ने’ बताएका छन्। ‘ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिलमा ३.८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ। अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धका कारण इन्धनको लागत […]
पूरा पढ्नुहोस्
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
तेहरान। सामरिक र आर्थिक दृष्टिकोणले विश्वकै सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज नजिक इरानी सेनाले अमेरिकी सेनाको अत्याधुनिक अपाचे हेलिकोप्टर खसालेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। यस घटनाको तुरुन्तै बदला लिँदै अमेरिकी वायुसेनाले इरानको नियन्त्रणमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा भिषण हवाई आक्रमण गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्यमै अवस्थित […]
पूरा पढ्नुहोस्
गोर्खा सैनिकको ‘दृढ संकल्प’ प्रशंसनीय, नेपाल-बेलायत सम्बन्ध अत्यन्त मूल्यवान्: राजा चार्ल्स तृतीय
काठमाडौं। बेलायतका राजा चार्ल्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खा सैनिकहरूको ‘दृढ संकल्प र प्रतिबद्धता’ को उच्च प्रशंसा गरेका छन्। नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइमा आबद्ध सैनिकहरूको सम्मान र हौसला बढाएका हुन्। विशेष समारोहका बीच परेड स्थलमा पुगेका राजा चार्ल्सलाई गोर्खा सैनिकहरूले २१ तोपको सलामी दिएर सम्मान गरेका थिए। […]
पूरा पढ्नुहोस्
अस्पतालको जग्गा जोगाउन मन्त्रालयको ताकेता, तीन दिनभित्र विवरण पेश गर्न निर्देशन
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, काउन्सिल तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा तथा भौतिक पूर्वाधारको संरक्षण गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार जारी गरेको पत्रमार्फत यसअघि दिइएको निर्देशन कार्यान्वयन नगर्ने ४० भन्दा बढी स्वास्थ्य निकायलाई तीन दिनभित्र प्रगति विवरण बुझाउन अन्तिम समयसीमा तोकेको हो । ताकेता पत्र पाउने […]
पूरा पढ्नुहोस्
भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो सत्र सुरू, २५ नेपाली स्टार्टअप भारतमा
काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी सञ्जाल (इन-स्पान) कार्यक्रमको दोस्रो समूह (कोहोर्ट) अन्तर्गत २५ नेपाली स्टार्टअपले भारतको चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तियुक्त प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाएका छन् । जुन १ देखि सुरु भएको कार्यक्रममा सहभागी स्टार्टअपहरूलाई भारतीय प्रविधि तथा स्टार्टअप इकोसिस्टमसँग जोड्ने, सीमा-पार नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने तथा भारत-नेपालबीच दीर्घकालीन उद्यमशील […]
पूरा पढ्नुहोस्
कुवेतमा इरानी आक्रमणबाट १ जनाको मृत्यु, ६३ जना घाइते
एजेन्सी– इरानले गरेको आक्रमणमा कुवेतमा कम्तीमा ६३ जना घाइते भएका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये विमानस्थलका कर्मचारी र यात्रु पनि रहेका छन्। आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ। कुवेतको विदेश मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ। घटनापछि केही समयका लागि विमानस्थलको सञ्चालन प्रभावित भएको थियो। सुरक्षा […]
पूरा पढ्नुहोस्
अमेरिका-इरान तनाव उत्कर्षमा: इरानी बन्दरगाह लक्षित नाकाबन्दीमा अमेरिकी सेनाको क्षेप्यास्त्र प्रहार
काठमाडौं। रणनीतिक रूपमा निकै संवेदनशील मानिने स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्ये) मा अमेरिकी नौसैनिक नाकाबन्दी अभियान अन्तर्गत एक व्यापारिक जहाजमाथि सैन्य आक्रमण भएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानतर्फ जाँदै गरेको बोत्सवानाको झण्डावाहक खाली तेल ट्यांकर ‘एम/टी लेक्सी’ माथि अमेरिकी युद्धविमानले क्षेप्यास्त्र प्रहार गरेका हुन्। सेन्टकमले मंगलबार जारी गरेको विज्ञप्ति र भिडियो फुटेजअनुसार […]
पूरा पढ्नुहोस्
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौँ- प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई […]
पूरा पढ्नुहोस्
भ्रष्टाचार मुद्दामा अदालतमा उल्टो बयान दिने साक्षी विरुद्ध अख्तियारको मुद्दा
काठमाडौं। भ्रष्टाचारसम्बन्धी एक मुद्दामा अदालत समक्ष प्रतिकूल (उल्टो) बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक साक्षी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका-७ का ईश्वरीप्रसाद गौतम विरुद्ध आयोगले आज मुद्दा दर्ता गरेको हो। चन्द्रबहादुर अधिकारी नाम गरेका व्यक्तिले ऋण उपलब्ध गराइ दिएबापत सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको […]
पूरा पढ्नुहोस्







