समाचार

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता

काबुल– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा पाँच अफगान नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार, उनीहरू सीमा पार गर्ने क्रममा मरुभूमिमा अलपत्र परेका थिए । सुरक्षाकर्मीले निमरोज प्रान्तको मरुभूमिबाट पाँच जनाको शव फेला पारेका हुन् । उनीहरू इरान प्रवेश गर्ने उद्देश्यले हेल्मन्ड […]

पूरा पढ्नुहोस्

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

जाकार्ता– पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् । सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो । उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा […]

पूरा पढ्नुहोस्

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

सुनसरी। पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। बुधबार अबेर कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएअनुसार नदीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ।   सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालका विभिन्न भूभागमा वर्षा हुने क्रम नरोकिएकाले नदीमा पानीको सतह […]

पूरा पढ्नुहोस्

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) का अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो आक्रमण गरिएको हो।   इरानी सञ्चारमाध्यमका अनुसार किश, जाम, कस्म जस्ता टापुका […]

पूरा पढ्नुहोस्

पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल

कास्की। आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा-दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ। पोखरा उद्योग वाणिज्य संघ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीहरूसँग भएको भेटघाटमा उडानलाई स्थायित्व दिन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याइएको हो। […]

पूरा पढ्नुहोस्

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन्। दुवै पक्षबीच नेपाल–युएई श्रम […]

पूरा पढ्नुहोस्

निजामती सेवा ऐनविपरीत विदेशमा बस्ने चार कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं । विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना निजामती कर्मचारीलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा सूचना जारी गर्दै बिदा सकेर पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो। […]

पूरा पढ्नुहोस्

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका कारण मङ्गलबार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमबाट ९ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। एएफपीले जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा गरेको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको […]

पूरा पढ्नुहोस्

भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ। आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ […]

पूरा पढ्नुहोस्

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

चितवन– चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले परियोजना लागु भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवद्र्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरी पालनमा व्यवसायीक रुपमा लागेका किसान रहेका […]

पूरा पढ्नुहोस्