समाचार

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ […]

पूरा पढ्नुहोस्

११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क : नेपालको डिजिटल यात्रामा ऐतिहासिक फड्को

काठमाडौँ –नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास, साथ र निरन्तर सहयोगकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ। […]

पूरा पढ्नुहोस्

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। अत्यधिक गर्मी र तीव्र हावाहुरीका कारण फैलिएको डढेलोका कारण फ्रान्सले दुई दशकयताकै सबैभन्दा खराब आगलागीको सामना गरिरहेको छ। उता स्पेनको राजधानी मड्रिडका अधिकारीले यसलाई त्यस क्षेत्रले भोगेको अहिलेसम्मकै भीषण डढेलो भनेका छन्। युरोपभरि चलेको भीषण […]

पूरा पढ्नुहोस्

डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक, आज हस्ताक्षर हुने दाबी

धनगढी। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति बदरसहित विभिन्न सातबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। आइतबार दिनभर दुई पक्षबीच गहन छलफल भए पनि अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ। डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. अमृत जैसीका अनुसार वार्ता निष्कर्ष नजिक […]

पूरा पढ्नुहोस्

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादमा तानिएका भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रश्नपत्र काण्डपछि रुष्ट बनेका युवाहरूले उनको राजीनामा मागे पनि प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुमा त्यसलाई बेवास्ता गरेका थिए । तर, सामाजिक सञ्जालमा सीमित आक्रोशले सडकमा आक्रामक रूप लिएपछि अन्ततः सरकार घुँडा टेक्न […]

पूरा पढ्नुहोस्

निर्मल पुर्जाद्वारा ५७औं पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण

काठमाडौं। विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले आठ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। पाकिस्तानमा रहेको गासेरब्रुम-२ (८,०३४ मिटर) हिमालको सफल आरोहण गरेसँगै उनले यो अभूतपूर्व सफलता हासिल गरेका हुन्। उनले आफ्ना ५७ वटा आरोहणमध्ये २९ वटा आरोहण पूरै पूरक अक्सिजन बिना नै सम्पन्न गरेर उच्च हिमाली क्षेत्रमा आफ्नो […]

पूरा पढ्नुहोस्

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य सम्झौता इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने ‘इब्राहिम एकोर्ड्स’ मा जोडिने विषयमा मात्रै निर्भर रहने बताएका छन्। दुवै देशबीच परमाणु सम्झौता भएको घोषणा भएको भोलिपल्ट ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो। यसले पहिले नै अस्पष्ट रहेको र पूर्ण विवरण सार्वजनिक भइनसकेको सम्झौताप्रति थप अन्योल सिर्जना गरिदिएको छ। […]

पूरा पढ्नुहोस्

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतालाई अमेरिकाले शान्तिपूर्ण परमाणु सहयोगको दिशामा ठूलो कदम भनेको छ भने अर्कातिर यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धा बढाउन सक्ने भन्दै कडा आलोचना पनि सुरु भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार “शान्तिपूर्ण आणविक सहयोग सम्झौता” ले अमेरिकी कम्पनीलाई साउदी अरेबियाको परमाणु ऊर्जा कार्यक्रममा […]

पूरा पढ्नुहोस्

बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामा इरानको कडा आक्रमण

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भारी मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै आफ्नो नौसेना र एयरोस्पेस टोलीले ‘अपरेसन नस्र-२’ को २३औँ लहरअन्तर्गत तीन चरणमा आक्रमण गरी अमेरिकी सेनालाई ठुलो क्षति पुर्‍याएको जनाएको छ। […]

पूरा पढ्नुहोस्

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने नक्साबारे भारतीय सञ्चारमाध्यमहरूले विभिन्न दाबी गर्न थालेका छन्। भारतीय समाचार च्यानल ‘आजतक’ ले नेपालले एक रुपैयाँको नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेख समेटिएको चुच्चे नक्सा हटाउन तयार भएको दाबी गरेको छ। भारतीय मिडियाका अनुसार भारतसँगको कूटनीतिक संवाद र विवादका बीच नेपालले नयाँ सिक्का जारी गर्दा […]

पूरा पढ्नुहोस्