प्रमुख समाचार
न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते
न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् । क्यानडाको मन्ट्रियलबाट न्युयोर्कका लागि उडेको ‘एसी ८६४६’ उडान नम्बरको जहाज अवतरणका क्रममा धावनमार्गमा रहेको दमकलसँग ठोक्किएको हो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर यति शक्तिशाली थियो कि जहाज बीचबाटै दुई टुक्रा भएको देखिएको […]
पूरा पढ्नुहोस्
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी
तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले होर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको छ । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ । इरानले यदि अमेरिका इरानका पावर प्लान्टहरूमा आक्रमण गर्छ भने तत्काल प्रतिक्रिया स्वरूप हर्मुज स्ट्रेट बन्द गरिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]
पूरा पढ्नुहोस्
अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’
काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको अमेरिकी हवाई आक्रमणलाई ‘अत्यन्त खतरनाक’ रहेको चेतावनी दिएको छ। क्रेमलिनका प्रवक्ताले बुशेहर आणविक प्लान्टनजिक भएका अमेरिकी-इजरायली आक्रमणहरू अत्यन्त खतरनाक रहेका टिप्पणी गरेका छन् । रूसले यसबारे अमेरिकासँग आफ्नो चासो व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यस्तो आक्रमणले अपरिवर्तनीय परिणाम ल्याउन सक्छ।’ ‘हामी विश्वास […]
पूरा पढ्नुहोस्
पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए । उनले इरानका […]
पूरा पढ्नुहोस्
इरानबारेको कठोर अमेरिकी नीतिसँगै जटिल मोडमा ट्रम्प
बीबीसी। इरानविरुद्ध अमेरिका–इजरायल संयुक्त युद्ध सुरु भएको तीन हप्तापछि द्वन्द्व अनिश्चितता र मिश्रित सन्देशको तुवाँलोमा पुगेको छ। सँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सार्वजनिक टिप्पणीहरू प्रायः धरातलीय यथार्थसँग नमिल्दा देखिन्छन्। युद्ध “धेरै हदसम्म पूर्ण भइसकेको” बताउँदै अमेरिकी राष्ट्रपतिले तर जलसेनाको एउटा इकाई सहितको एउटा नयाँ अमेरिकी स्थल फौज यस क्षेत्रतर्फ गइरहेको उल्लेख गरेका छन्। कम भइरहेको […]
पूरा पढ्नुहोस्
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
काठमाडौंः विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन […]
पूरा पढ्नुहोस्
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै
काठमाडौं। आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ। सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएका थिए।
पूरा पढ्नुहोस्
अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी
काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी छ। राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानलाई कडा चेतावनी दिएका हुन्। उनले इरानले बिनासर्त सो जलमार्ग नखोलेमा त्यहाँका ऊर्जा केन्द्र नष्ट गरिदिने धम्की दिएका हुन्। ट्रम्पले […]
पूरा पढ्नुहोस्
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध
नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो। हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला […]
पूरा पढ्नुहोस्
नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश
काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न देशले दिएका सुझाव कार्यान्वयन गर्न जोड दिइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सञ्चारकर्मीसँगको कार्यशालाको मुख्य उद्देश्य युपिआर प्रक्रियाबारे जानकारी दिनु यसको राष्ट्रिय महत्त्व बुझाउनु तथा चौथो चक्रमा नेपालले प्राप्त गरेका प्रमुख सुझावहरूबारे छलफल गर्नु […]
पूरा पढ्नुहोस्


