२९ आश्विन २०८३, बिहीबार ०७:२१
काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७१, सिसिटिभिमार्फत २९, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ६०, हर्न निषेधमा ६, लेन क्रसमा १६, अवस्था ठिक नभएको ३५ र अन्यमा ४२५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।










प्रतिकृया दिनुहोस्