१७ भाद्र २०८३, बुधबार ०७:१८
काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यक्रम रहेको छ ।








प्रतिकृया दिनुहोस्