काठमाडौं। अविरल वर्षा, प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका नागरिकहरूको उद्धार प्रयास निरन्तर जारी छ।
अप्ठ्यारो परिस्थितिमा नेपाली सेनासहितको टोली रातभर कार्यस्थलमा खटिएर खोज तथा उद्धारको अथक प्रयासमा जुटेको छ। रातको अँध्यारो र मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउँदै उच्च क्षमताका ‘फ्लडलाइट’हरू जडान गरी कामलाई निरन्तरता दिइएको छ।
घटनास्थलमा थुप्रिएको पहिरो र लेदो पन्छाउन जेसीबी लगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर परिचालन गरिएका छन्। यसबाट सुरुङ र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने बाटो खोल्ने प्रयास भइरहेको छ।
उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटरको प्रयोग गरी सूक्ष्म रूपमा खोजी गरिरहेको छ। साथै, प्राविधिक टोलीहरू आपत्कालीन उपकरण र प्राथमिक उपचार सामग्रीसहित स्थलगत समन्वयमा खटिएका छन्।






प्रतिकृया दिनुहोस्