२० श्रावण २०८३, बुधबार १७:५८
काठमाडौं। धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ। पीडितको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो।
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।






प्रतिकृया दिनुहोस्