१५ असार २०८३, सोमबार १८:३७
काठमाडौँ: ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ ।गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो ।
ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।
त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन् ।







प्रतिकृया दिनुहोस्