६ असार २०८३, शनिबार १८:४३
काठमाडौं। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङ नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका २७ महाबौद्धबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।







प्रतिकृया दिनुहोस्